चन्द्रागिरि नगरपालिकामा ‘आइएमई पे’ को विद्युतीय कर भुक्तानी सेवा शुरू

चन्द्रागिरि नगरपालिकामा ‘आइएमई पे’ को विद्युतीय कर भुक्तानी सेवा शुरू


काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा ‘आइएमई पे’ को विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गरे । यस सेवा मार्फत चन्द्रागिरि नगरबासीहरुले घर–बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर सजिलै अनलाईनमा आइएमई पे मार्फत तिर्न सक्नेछन ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई डिजिटल सोलुशनका नि. प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजीटाइजेशनलाई प्रवद्र्घन गर्न पाउनु आफु र आफु सम्बद्ध कम्पनीका लागि एक उपलब्धि रहेको विश्वास व्यक्त गर्दै प्रशन्नता प्रकट गरे ।

नगरबासीहरुलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै अधिकृत भट्टराइले आगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरे । झन्डै ३५ हजार एजेण्ट आउट लेट संजाल भएको ‘आइएमईपे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । 

Logo