चट्याङ लागेर तीन जनाको मृत्यु

सप्तरी,

सप्तरीमा मंगलबार बिहान परेको चट्याङ्का कारण तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका ३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कंकालिनी नगरपालिका ११ का शुभ नारायण पण्डितकी ४५ वर्षीया श्रीमती शिवसती देवी पण्डित रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

चौधरीको खेतमा काम गरिरहेको अवस्थामा र पण्डितको खेतबाट घर फर्किने क्रममा चट्याङ् लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।