पाल्पामा एक जना मृत फेला

पाल्पामा एक जना मृत फेला


पाल्पामा शुक्रबार एक जना मृत फेला परेका छन्। रामपुर नगरपालिका ५ मटेरीका ५५ वर्षीय  मनबहादुर विक शुक्रबार दिउँसो साढे १ बजे मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

प्रहरीका अनुसार घरदेखि २ सय ५० मिटर टाढा ठूलोआपस्थित भित्री कच्ची सडक छेउमा सुनार मृत भेटिएको हुन् । सुनार शुक्रबार बिहान खाना खाएर घरबाट हिँडेका थिए। सडक छेउमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

किड्नीका बिरामी रहेका उनको तीन पटक अप्रेसन भएको बुझिएको छ। घटना के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Logo