कांग्रेसको उम्मेदवार मनोनयनको औपचारिक पत्र दिने जिम्मेवारी देउवालाई

कांग्रेसको उम्मेदवार मनोनयनको औपचारिक पत्र दिने जिम्मेवारी देउवालाई


नेपाली कांग्रेसले उम्मेदवार मनोनयनको औपचारिक पत्र दिने जिम्मेवारी सभापति शेर बहादुर देउवालाई दिएको छ । 

आज बिहान साढे ९ बजे पार्टी कार्यालय सानेपामा बसेको बैठकले निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई “उम्मेदवार मनोनयनको औपचारिक पत्र” प्रदान गर्नका लागि पार्टी सभापति  शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरेको  हो । आजको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

यस्तै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव  कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको  छ ।

यसैगरी  प्रक्रिया पुऱ्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देश गर्ने र निर्वाचन केन्द्रीत राष्ट्रव्यापीअभियान २०७९ भ्राद २ गतेदेखि गर्ने निर्णय गरिएकोमा उक्त अभियान भाद्र १० गतेदेखि भाद्र २४ गतेसम्म संचालन गर्ने  निर्णय भएको  छ ।

Logo