चीनको चमत्कारः चाइनिज् ‘फुडाअ’ स्काई वाक (तस्बिरमा)

एजेन्सी । चीन नयाँ नयाँ आविस्कारमा विश्वलाई नै चकित पार्दै आएको छ । कहिले पुरै नदीको बहावलाई फर्काइदिन्छ भने, कहिले कृत्रिम चन्द्रमा बनाइदिन्छ । चीनको चमत्कार विश्वकै लागि अचम्म तथा रोचकको विषय बन्न पुग्छ ।

चीन सूचना प्रविधिसँगै भौतिक पूर्वाधारमा पनि संसारकै फरक देशको सूचीमा पर्छ । अन्य मुलुकका इन्जिनियरहरूले असम्भव भनेका काम चिनियाँ इन्जिनियरबाट सम्भव भइदिन्छन् ।

सिसाको पुल बनाएर विश्वका ध्यान तानेको चीनले अर्को चकित पार्ने स्काईवाक बनाएर भौतिक पूर्वाधारसँगै पर्यटकीय क्षेत्रमा पनि विश्वको ध्यान तान्यो ।

चीनले सन् २०१६ मा राति हिड्न मिल्ने चाइनिज् फुडाअ स्काइवाक बनाएको थियो । पूर्वी चीनको फुजान राज्यमा निर्माण गरिएको स्काइवाक सन् २०१६ बाटै सर्वसाधारणको लागि खुला गरिएको थियो ।

१९ किलोमिटर लामो यो स्काइवाकमा साँझको समयमा हिड्न पाइन्छ । पहाड र पाँच वटा नेशनल पार्ककोबीचमा बनाइएको यो स्काइवाकको वरपर जंगलैजंगलले घेरिएको छ ।

यो स्काइवाकलाई फिट्नेस भेन्यू पनि मानिएको छ । यो चीनमा स्टीलबाट बनेको पहिलो स्काइवाक हो । यसले सन् २०१७ मा इन्टरनेशनल अवार्ड पनि जितेको थियो ।