मौद्रिक नीति: मर्जरमा जाने बैंकहरुलाई सुविधा नै सुविधा, बैंकमा सुनचाँदी राखे ब्याज पाइने (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

सार्वजनिक नीति अनुसार राष्ट्र बैंकले वित्तीय संस्थाको मर्जरलाई प्राथमिकतामा राखेको छ।  आगामी असार मसान्तभित्रमा मर्जरमा गई एकीकृत कारोबार थालिसक्ने बैंकहरुलाई कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा तोकिएको न्यूनतम लगानी पुर्‍याउनुपर्ने अवधि २०७८ असारसम्म पुर्‍याउने घोषणा गरेको छ। त्यस्तै मर्जरमा गएको बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप ब्याजदर अन्तर (स्प्रेड) दर गणना अवधि पनि १ वर्ष थपिने भएको छ ।

वित्तीय संस्थाहरुले स्प्रेड दर ४.४ प्रतिशत कायम गर्नुपर्ने अवधि आउँदो असार मसान्त कायम भए पनि मर्जरमा जानेका लागि २०७८ असारसम्म सुविधा दिइने भएको छ।  मर्जरमा जाने बैंकहरुले शाखा विस्तार गर्न अनुमति लिनु नपर्ने भएको छ। यसैगरी उच्च व्यवस्थापनमा कार्यरत कर्मचारी आवद्ध गराउन कुनै अवधि लागू नहुने भएको छ। यस्तै चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नुपर्ने अवधि २०७८ असार मसान्त कायम गर्ने पनि मौद्रिक नीतिमार्फत घोषणा गरिएको छ।

त्यस्तै अब बैंक तथा वित्तीय संस्थाले ५० लाख रुपैयाँभन्दा बढी ऋण दिँदा ऋणीको स्थायी लेखा नम्बर अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने भएको छ। यसअघि १ करोड रुपैयाँको ऋणमा मात्रै स्थायी लेखा नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था थियो ।

नेपाल राष्ट्र बैंकले बजेटमा उल्लेख गरेको बैंकमा सुनचाँदी राख्दा ब्याज पाइने व्यवस्था गर्ने भएको छ ।त्यस्तै फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा गरिने विज्ञापनलाई नियमन गरिने भएको छ ।

त्यस्तै नीतिमार्फत १५ लाख रुपैयाँसम्मको कृषि व्यवसाय कर्जा सात दिनभित्र दिनुपर्ने व्यवस्था गरेको छ । यस्तो कर्जाको लागि बैंक तथा वित्तीय संस्थाले आधारदरमा २ प्रतिशतमात्र थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने छ।

यस्तो कर्जा दिँदा बैंकले कुनै पनि प्रकारको सेवा शुल्क लिन नपाउने र समय अगावै कर्जा भुक्तानी गरेमा पनि अग्रिम भुक्तानी शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

पढ्नुहोस विस्तृत 

Monetary_Policy_(in_Nepali)--2076-77_(Full_Text)-new

मौद्रिक नीति: मर्जरमा जाने बैंकहरुलाई सुविधा नै सुविधा, बैंकमा सुनचाँदी राखे ब्याज पाइने (पूर्णपाठ)