पालुङटारमा एक युवकको शव फेला, तीनजना पक्राउ

पालुङटारमा एक युवकको शव फेला, तीनजना पक्राउ


गोरखाको पालुङटारमा एक युवकको शव फेला परेको छ । 

पालुङटार नगरपालिका-५ चिसापानीका ३५ वर्षीय बुद्धिबहादुर विकको शव फेला परेको हो । गएराति करिब १२ बजे प्रहरीमा सूचना पाएलगत्तै घटनास्थल पुगेका प्रहरीले विकलाई आँपपिपलस्थित हर्मी अस्पताल पुर्‍याएको गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।। लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानकै क्रममा रहेकाले उनीहरुको पहिचान भने खुलाएको छैन । प्रहरी उपरीक्षक खनालका अनुसा् पक्राउ पर्नेमा मृतक युवककै साथीहरू रहेका छन् । 

Skip This
Logo