रमिला न्यौपाने र खुमन अधिकारीको तीज गित पशुपतिमा सार्वजनिक (भिडियो सहित)

काठमाडौं,

लोक गायिका रमिला न्यौपाने र गायक खुमन अधिकारीको स्वरमा रहेको नयाँ तीज गित सार्वजनिक भएको छ । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा बजारमा नयाँ नयाँ तीज गितहरु आउने क्रममा आएको यो गित अहिले निकै रुचाइएको छ ।

युट्युबमा अप्लोड भएको २४ घन्टामै १४१ हजार भन्दा बढी दर्शकले हेरिसकेको यो गित अहिले ट्रेडिङ्ग नं. ४२ मा आएको छ । यस गीतमा खुमन अधिकारीको लय तथा बाबुराम बोहराको शब्द सिर्जना रहेको छ । संगित खुमन अधिकारी तथा संगित संयोजन विनोद बाजुरालीको छ ।

साथै प्रकाश भट्टले निर्देशन गरेको गितमा राजेश घिमिरेको छायांकन छ भने बिष्णु शर्माले यसको सम्पादन गरेका हुन् । पशुपतिमा को म्युजिक भिडियोमा सुरक्षा पन्त र खुमन आधिकारीको अभिनय छ । तिर्सना म्युजिकले यसलाई बजारमा ल्याएको हो । हेरौं भिडियोमा :