बालेनको गुनासो– असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ?

बालेनको गुनासो– असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ?


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई फोहोर व्यवस्थापनमा असहयोग भइरहेको गुनासो गरेका छन् ।

बालेनले आइतबार साँझ सामाजिक सञ्जालबाट संविधानले परिकल्पना गरेको एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापविपरीत आफूलाई असफल बनाउने प्रयास भइरहेको गुनासो गरेका हुन् ।

हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरीत एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने,असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? उनले भनेका छन् । फोहोर व्यवस्थापनको विषयलाई लिएर उनले राजनीति नगर्न पनि आग्रह गरेका छन् ।

Skip This
Logo