नेकपा विभाजनमा प्रचण्डजीको हात छैन : वामदेव गौतम

नेकपा विभाजनमा प्रचण्डजीको हात छैन : वामदेव गौतम


 नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमले आफूले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हिस्साबाट चुनाव लड्न लागेको बताएका छन्। 

मंगलबार निर्वाचन आयोगमा दल दर्ता गर्न पुगेको गौतमले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले राष्ट्रियसभा छाडेर प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारी गरेको बताएका हुन्। 

उनले भने, ‘राष्ट्रियसभा छाडेर प्रतिनिधिसभामा लड्छु। हामीले छलफल गर्दा प्रतिनिधिसभामा १ र प्रदेशमा २ सिट मागेका छौँ। मेरो माओवादी केन्द्रसँग गठबन्धन हो। यो गठबन्धनभित्रको गठबन्धन हो। मैले प्रचण्डजीको हिस्साबाट नै भाग पाउने हो। उहाँले गठबन्धनबाट ल्याउन पनि सक्नुहुन्छ। आफ्नै भागबाट पनि दिन सक्नुहुन्छ। त्यो उहाँको कुरा हो।’

उनले आगामी निर्वाचनमा गोलाकार हँसिया हथौडा भित्रबाट जाँदा आफूलाई सहज हुने बताए। नेकपा एकता अभियान चलाइरहेको गौतमले आगामी निर्वाचनपनि तत्कालिन नेकपा ब्यूँतिने दाबी गरे। 

उनले भने, ‘चुनावपछि नेकपा नै ब्यूँतिन्छ। मैले नेकपा विभाजन गर्न प्रचण्डजीको हात छ भनेको छैन। सचिवालयमा भएको ९ जना उत्तिकै जिम्मेवार छन्। धेरै दोष अध्यक्षहरूको हो। मेरो गल्तीको मैले आत्मसमीक्षा गरिसकेको छु।’

Logo