पञ्जाबमा बस र ट्याङ्कर ठोक्किँदा २० जनाको जलेर मृत्यु

पञ्जाबमा बस र ट्याङ्कर ठोक्किँदा २० जनाको जलेर मृत्यु


पाकिस्तानको पञ्जाब प्रान्तमा मंगलबार भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ । लाहोरबाट करिब ३५० किलोमिटर टाढा रहेको मुल्तानमा एउटा यात्रुवाहक बस र तेल ट्याङ्कर एक मोटरवेमा ठोक्किएपछि बसमा आगो लागेको थियो । जसका कारण बसमा सवार २० यात्रुको जलेर मृत्यु भएको छ । पञ्जाब प्रान्तमा पछिल्लो तीन दिनयता यो दोस्रो ठूलो दुर्घटना हो।

दुर्घटनाको जानकारी पाएलगत्तै आकस्मिक सेवा ‘रेस्क्यु ११२२’ पुगेर उद्धार कार्य शुरु गरेको छ । बसमा आगलागी हुँदा यात्रुहरु पनि आगोको चपेटामा परेका थिए । आगो नियन्त्रणमा लिन दमकललाई निकै कठिनाइ भएको थियो ।

यसअघि गत शनिबार पनि पञ्जाब प्रान्तमा यस्तै भयानक दुर्घटना भएको थियो । शनिबार ट्रक र बस ठोक्किँदा १३ जनाको मृत्यु भएको थियो ।

Logo