सानिमा बैंकले ल्यायो ‘तीजको कोसेली’

सानिमा बैंकले ल्यायो ‘तीजको कोसेली’


सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । 

योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट-क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, ग्क्म् इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गर्ने बैंकले जनाएको छ । साथै, ग्राहकले अब लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी योजनामा पहिलो पीएसओ कारोबारमा १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने उल्लेख छ । यो योजना २०७९ भाद्र १ देखि १५ गतेसम्म लागू हुने बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज संञ्यालले जानकारी दिए । साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुनेछ । 

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।  

 

Skip This
Logo