श्रीमतीद्वारा श्रीमानको हत्या

पोखरा,

पोखरामा धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । पोखरा महानगरपालिका १६ स्थित शिवालय ठाँटी समाज घरमा बस्ने सुक राम परियार र उनकी श्रीमती सिता परियारबीच झगडा हुँदा धारिलो हतियार र दाउरा प्रहार गर्दा श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

झगडामा श्रीमतीले हतियार प्रहार गरेपछि घाइते भएका रामलाई उपचारका लागि मातृशिशु मितेरी अस्पताल लामाचौरमा लगिएको थियो । उपचारको क्रममा बिहिबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सितालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ ।