स्थानीय सरकार चलाउन सिकाउँदै कांग्रेस

स्थानीय सरकार चलाउन सिकाउँदै कांग्रेस


रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो ।

कुनै ठाउँमा कसैलाई केही पर्दा उहाँले नै अग्रसरता लिनुहुन्थ्यो । राजनीतिक आन्दोलन र सामाजिक कार्यको बलमा नगरपालिका उपप्रमुखमा निर्वाचित असगरी दुई दिनअघिसम्म आफूले जानेसम्म राम्रै गर्ने कोसिसमा रहनुहुन्थ्यो तर कतिपय अवस्थामा सोचेअनुसार काम गर्न सक्नुहुन्थ्यो ।

अहिले उहाँको सोच बदलिएको छ । अब उहाँ आफ्ना दृष्टिकोण र कार्यक्रम निर्धक्क राख्न सक्नुहुन्छ । उहाँले भन्नुभयो, “समाजका जुनसुकै समस्या र विकृतिविरुद्ध लड्न आँट आएको छ ।

मेरो सोच बदलियो, अब नगरपालिका बदल्ने प्रयासमा लाग्नेछु ।” नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका लागि सोमबार र मङ्गलबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी असगरीले पार्टीका नीति र कार्यक्रमबारे नागरिक स्तरमा जानकारी दिने अठोट लिनुभएको छ ।

Logo