युरोपमा भटिएको दुर्लभ शिलालेख, जहाँ सुख्खापनका बारेमा चेतावनी दिइएको थियो

युरोपमा भटिएको दुर्लभ शिलालेख, जहाँ सुख्खापनका बारेमा चेतावनी दिइएको थियो


युरोपको अधिकांश भू–भाग अहिले सुख्खा भइरहेको छ । नदी,खोला नाला सबै सुकिरहेका छन् । फलस्वरुप अहिले प्राचिन समयको एउटा शिला कँुदिएको ढुङगा फेला परेको छ । सो शिला एल्बे नदी किनारको तटमा भेटिएको हो ।  

अचम्मको कुरा यो छ कि त्यो शिलामा अहिले भइरहेको सुख्खापनको बारेमा कुँदिएको छ  । अनुसन्धानकर्ताहरुका अनुसार सो शिला सन् १६१६ मा कुदिएको थियो । सो शिलामा जर्मन भाषार्मा  यदि तपाई यो पढ्दै हुनुहुन्छ भने तपाई रुनु हुन्छ’ भनि लेखिएको छ ।  

अनुसन्धानकर्ताहरुका अनुसार सो शिलालेख भविष्यमा आउने मानिसहरुका चेतावनी दिनका लागि लेखिएको थियो । यो शिलालेखमा सन् १९०० भन्दा पहिले १४१७, १६१६, १७०७, १८४६, १७९०, १८००, १८११, १८३०, १८४२, १८६८, १८९२ र १८९३ यी वर्षहरुमा सुख्खापन आएको र सुख्खापनकै कारण अन्नबालीहरु नाश भएका, खानाको कमि भएको, महंगाई बढेको र गरिब मानिसहरु भोकभोकै मरेको आदि जस्ता कुराहरु लेखिएका छन ।

अनुसन्धानकर्ताहरुले यो  शिलालार्ई  हंगर स्टोन’ भनि नाम दिएका छन् । युरोपियन संयुक्त अनुसन्धान केन्द्रका वरिष्ठ शोधकर्ताका अनुसार अहिले युरोपमा भईरहेको सुख्खापन पछिल्लो ५०० सय वर्ष भित्र युरोपमा भएको सबैभन्दा ठुलो सुख्खापन हो । उनका अनुसार आउदो तीन महिना युरोपको लागि अझै खराब बन्न सक्नेछ ।
 

Skip This
Logo