नेपालमा लन्च हुँदै सुजुकीको ‘एभेनिस’ स्कुटर

नेपालमा लन्च हुँदै सुजुकीको ‘एभेनिस’ स्कुटर


सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ अर्को साता नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर औपचारिक रुपमा लन्च गर्ने तयारी भइरहेको बताएको छ ।

यो भन्दा पहिले नै नेपाली बजारमा उपलब्ध गराउने बताउदै आए पनि विभिन्न कारणले यो स्कुटरको लन्चिङ समयमा ढिलाई हुँदै आएको छ । यो स्कुटरमा भएका अत्याधुनिक प्रविधि र सुरक्षा तथा अन्य विभिन्न फिचरका कारण धेरैलाई लोभ्याउने अनुमान गरिएको छ ।

सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ । विभिन्न चार कलर भेरिएन्टमा उपलब्ध हुने सुजुकी एभेनिसको नेपाली बजार मूल्य भने कम्पनीले लन्चिङ समयमा सार्वजनिक गर्ने बताएको छ ।

Logo