आफ्नै खर्चमा स्वदेश फर्किन नसक्नेलाई सरकारी खर्चमा उद्धार गरिने (भिडियो रिपोर्ट)

आफ्नै खर्चमा स्वदेश फर्किन नसक्नेलाई सरकारी खर्चमा उद्धार गरिने (भिडियो रिपोर्ट)


संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने स्पष्ट पारेका छन् ।

विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु सिघै घर जान पाउने स्पष्ट पारेका हुन् । सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वारेन्टिनमा ७ दिन राख्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने उनले बताए ।

पीसीआर परीक्षण सहज नभएका मुलुकहरुका लागि उद्धार उडान गरिने उनले बताए । पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने उनको भनाई छ । अर्को देशबाट आएर क्वारेन्टिनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै उनले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने बताए ।

 

विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उनले बताए ।

पीसीआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजेटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरुको क्वारेन्टिन खर्च व्यहोर्नुपर्ने उनले बताए । नेपाल घुम्न आउने पर्यटकहरुका लागि नभएर विदेशमा अलपत्र परेका नेपाली, नेपाल आउनै पर्ने कुटनीतिक नियोगका पदाधिकारीर विकास साझेदार संस्थाका कर्मचारीहरु मात्रै आउन पाउने उनले बताए । परिस्थिति अनुकुल भएपछि अन्य देशहरुको समेत अवस्था हेरेर नियमित उडान सुरु हुने उनले बताए  ।

Logo