धरानका मेयर हर्क साम्पाङले सार्वजनिकको १०० दिनको कामको विवरण यस्तो छ

धरानका मेयर हर्क साम्पाङले सार्वजनिकको १०० दिनको कामको विवरण यस्तो छ


धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको वीवरण सार्वजनिक गरेका छन् ।

उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् । 
यस्तो छ उनको कामको विवरण: 

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !

२. ४ ठाउँबाट खानेपानीको मूहान थपें !

३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !

४. ६ लाख विरुवा रोपें !

५. सरसफाइमा देखिने सुधार ल्याएँ !

६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !

७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !

८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन !

९. लागु औषध विरुद्धको अभियान शुरु गरें !

१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !

११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !

१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !

१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !

Logo