भदौमा सनराइज बैंकको तीज विशेष अफर

भदौमा सनराइज बैंकको तीज विशेष अफर


महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारेर भदौ महिनामा सनराइज बैंकले विभिन्न अफरहरु सार्वजनिक गरेको छ । 

बैंकले महिलाहरुका लागि यस महिना विशेष अफर ल्याएको हो । तीजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दैै बैंकले भदौ १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा ५ सय रुपैयाँ नबढ्ने गरी क्यासब्याक दिने व्यवस्था गरेको छ । 

साथै भदौ महिनाभर सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल ब्यान्किङ, निःशुल्क डिम्याट, निःशुल्क मेरो सेयर, निःशुल्क क्रेडिट कार्डको व्यवस्था गरेको छ ।  

साथै शुल्क तथा गरगहना राख्नको लागि लकर सुविधा लिन सकिने र त्यसमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।

Logo