गैरकानुनीरुपले नेपाली नागरिकता पाएकारुको छानबिन गर्न भीम रावलको माग 

गैरकानुनीरुपले नेपाली नागरिकता पाएकारुको छानबिन गर्न भीम रावलको माग 


नेकपा एमालेका सांसद डा.भीम रावलले सत्ता गठबन्धनले संविधानविरोधी काम गरिरहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधान बनाउँदा गरेको सहमतिबाट पछि हटेर गठबन्धनले संविधानविरोधी काम गरिरहेको आरोप लगाएका हुन् ।

उनले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा स्वीकार्य नहुने समेत बताए । सांसद रावलले बालुवाटारमा बसेर ५ दलीय गठबन्धनले गरेको कुरा संविधानभन्दा माथि नहुने भन्दै संविधानअनुसार चल्न सरकारसँग आग्रह गरे।  उनले ‘नागरिकता नपाउने को हुन् ? कतिले पाएका छैनन् र कतिले नेपालको नागरिकता गैरकानुनी किसिमले पाएका छन् त्यसको छानबिन गर्न माग गरेका छन् । नेपालको नागरिकता गैरकानुनी किसिमले पाएकाहरूको छानबिन गर्न र नपाउने नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने उनको भनाइ थियो ।

नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने संविधानको मर्म गलत नहुने भन्दै गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनसायबाट प्रेरित तर्क भएको दाबी गरे।

संविधानभन्दा गठबन्धनले गरेका निर्णयहरु हुनेभए राजतन्त्र किन समाप्त गरेको ? भन्दै प्रश्न गरे। 

Logo