बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट बालकको मृत्यु


धनुषामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मिथिला नगरपालिका वडा नम्बर २ बस्ने १३ वर्षीय विशाल दास रहेका छन्।

बिहीबार दिउँसो जनकपुर–ढल्केबर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका(२ नक्टाझिजस्थित हजराचौकमा ना ५ ख १४४१ नम्बरको बसले  साइकलमा सवार बालकलाई बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते बालकको जनकपुरस्थित जानकी हेल्थ केयरमा मृत्यु भएको हो ।  ठक्कर दिने बससहित  चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । 
 

Logo