गायिका राधिका हमालको तीज गित भाग्यमानी सार्वजनिक (भिडियो सहित)

काठमाडौँ,
यस वर्षको तीजलाई लक्षित गर्दै गायिका राधिका हमालको लय र शब्द रहेको ‘भाग्यमानी’ बोलको तीजगीत बजारमा आएको छ ।

नेपाली हिन्दु नारीहरूको महान् चाड हरितालिका तीजको अवसर पारेर गायिका हमालले यस वर्ष आफ्नै युटुव च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेकी हुन् । गायिका हमालको स्वर रहेको गीतमा ‘कोरस’ गायनमा स्मृति शाही र पुष्पा बोहरा समेत रहेका छन् ।

म्युजिक बैंक नेपालको प्रस्तुती यसगितलाई शंकर विसिले निर्देशन गरेका हुन् । गितको छायांकन दुर्गा पौडेलले गरेका हुन् भने यसमा रिना थापाको दमदार अभिनय देख्न पाइन्छ । कृष्ण फिल्मस् एण्ड एडभरटाईजिङ्गले यसको निर्माण गरेको हो ।

नेपाली लोक तथा दोहोरी गीतमा चर्चित राधिका हमाल निकै नै सक्रिय छिन् । पछिल्ला केहि वर्ष गायिका हमालले तीजका थुप्रै गीत गाउँदै आएकी छिन् । यसवर्ष पनि उनले २ वटा गितमा स्वर दिएको बताएकी छिन् । हेरौं यो भिडियोमा :

गायिका राधिका हमालको तीज गित भाग्यमानी सार्वजनिक (भिडियो सहित)