गल्फ : शुक्रबहादुर राई कट बनाउन‌ असफल

गल्फ : शुक्रबहादुर राई कट बनाउन‌ असफल


नेपाल नम्बर एक प्रोफेसनल गल्फ खेलाडी शुक्रबहादुर राई प्रोफेसनल गल्फ टुर अफ इन्डिया अन्तर्गत टाटा स्टील पिजीटीआई प्लेयर्स च्याम्पियनसिपमा कट बनाउन असफल भएका छन्।

पहिलो‌ दिन १-ओभर ७३ स्कोर गरेका शुक्रले दोस्रो राउण्डमा खराब प्रदर्शन गर्दै ६-ओभर ७८ खेले। ३६ होलको समाप्तीमा ७-ओभर १५१ स्कोर खडा गरेका शुक्र तीन सटले कट बनाउन चुके। कूल १२६ मध्ये ४-ओभर १४८ सम्मका ६० खेलाडीले अन्तिम दुई राउण्डका लागी स्थान सुरक्षित गरे। पहिलो दिन संयुक्त रूपमा ३७ औ स्थानमा रहेका शुक्र भने दोस्रो दिनको‌ खेल समाप्त हुँदा ७८औं स्थानमा झर्न पुगे ।

१०औं होलबाट दिनको शुरुआत गरेका उनले फ्रन्ट नाईनमा ४-ओभर ४० र ब्याक नाईनमा २-ओभर ३८ को निराशाजनक प्रदर्शन गरे। शुकले आफ्नो फ्रन्ट नाईनमा तीन बोगी र एक डबल बोगी खेपे भने एउटा बर्डी प्रहार गरे। ब्याक नाईनमा पनि उनले लय समात्न सकेनन । तेस्रो होलमा बर्डी प्रहार गरेता पनि शुक्रले पाँचौं होलमा एक सट खेर फाले र‌ आठौंमा डबल बोगी खेपे।

यो‌ सहित शुक्र कूल सात मध्ये चौंथो प्रतियोगितामा कट बनाउन असफल भएका हुन। भारतीय गल्फ टुरमा पहिलो पटक खेलिरहेका शुक्रले अब अगस्ट २३ देखि २६ सम्म सञ्चालन हुने चेन्नई ओपन गल्फ च्याम्पियनसिपमा भाग लिनेछन्।

Logo