माछा मार्न जाँदा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

माछा मार्न जाँदा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते


विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पाल्पा निस्ती गाउँपालिका– ५ घर भई हाल शुक्लागण्डकी–२ कोत्रेस्थित बंगुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनका ९ महिनाका छोरा आदि ब्याम्बोको मृत्यु भएको  हो ।

बिहीबार बेलुकी गुहेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका बेला उक्त दुर्घटनामा चित्रबहादुरकी १९ वर्षीया श्रीमती दिलमाया ब्याम्बो भने सख्त घाइते भएकी छन् ।

घाइते भएकोमा बाबु र छोराको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा बिहीबार साँझ साढे ७ बजे मृत्यु भएको हो भने भने घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo