#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1177255054154344635366767471
नेपाल161683586347499

कुवेतले नेपाललाई दियो १४२ रनको चुनौती

आईसीसी टी–२० विश्वकपको एसिया छनोट अन्तर्गत जारी खेलमा कुवेतले नेपाललाई १४२ रनको चुनौती  पेश गरेको छ ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको हो ।

बसन्त रेग्मी र सन्दीप लामिछानेले नेपालका लागि ३-३ विकेट लिए । करण केसीले २ विकेट लिए भने अविनाश बाेहाेराले १ विकेट लिए ।

कुवेतका कप्तान मोहम्मद कासिफले सातौं नम्बरमा ब्याटिङमा आएर ३६ बलमा ४९ रनको विष्फोटक अविजित पारी खेले ।

सम्बन्धित समाचारहरु