वाईसीएलको राष्ट्रिय भेला सभागृहमा

वाईसीएलको राष्ट्रिय भेला सभागृहमा


नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को दोस्रो राष्ट्रिय भेला शुक्रबार काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरु भएको कार्यक्रमको  पार्टी अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) ले उद्घाटन गरे ।

‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासाथ वाईसीएलको भेला दुई दिनसम्म चल्नेछ ।

भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशहरुबाट ६ सय जना प्रतिनिधि सहभागी हुने वाईसीएलले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो। भेलाले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

Logo