गायिका अनिता चलाउनेको तीजगित टिकटकमा भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं,

सुमधुर स्वरकी धनी गायिका अनिता चलाउनेको तीज गित टिकटकमा भिडियो शनिबार रिलिज भएको छ । विगत वर्षहरुमा झैं यसवर्ष पनि उनको तीज गित बजारमा आएको हो ।

यस तीज गीत टिकटकमा भिडियोका गीतकार प्रल्हाद सुबेदी हुन् । यसमा संगीतकार बसन्त थापाको संगित छ भने निर्देशक शिव बि कले निर्देशन गरेका हुन् । अनिताको स्वरमा रहेको गितको म्युजिक भिडियोमा फुलन्देकी आमा , काउली वुढी र अनिता स्वयंको अभिनय रहेको छ । यसलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

तीजको बेलैमा नाच्नलाई हिंडियो, आउ साथी बनाउँला टिकटिकमा भिडियो बोलको यसगितमा संगितकार आशिष अविरलको एरेन्ज रहेको छ । हेरौं भिडियोमा :