शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि एकसाताका लागि विद्यालय बन्द

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि एकसाताका लागि विद्यालय बन्द


 शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि गोरखाको आरुघाट गाउँपालिका–८, आरुपोखरीस्थित दरबार मावि एक साताका लागि बन्द गरिएको छ । शुक्रबार आरुपोखरीमा ६६ जनाको कोरोना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये १५ जना विद्यार्थी र एक शिक्षक हुन् । रुघाखोकीको बिरामी बढेपछि  शुक्रबार एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

थप संक्रमण फैलिन नदिन भदौ १० गतेसम्म भौतिक उपस्थितिको पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।

 

Logo