दिनभर न्यायको आश, राति टहराको बास

दिनभर न्यायको आश, राति टहराको बास


नाम खुस्बु नेसा । उमेर अन्दाजी ५० वर्ष । घर नवलपरासी । अहिले उनको बसाई राति किर्तिपुरस्थिल पालको टहरा, दिनभर काठमाडौंको माइतीघर मण्डला । उनले माइतीघर मण्डलाको सडक किनारमा तातो घामको राप सहँदै बस्न थालेको दुई हप्ता भयो । उनलाई थाहा छैन अझै कति दिन यही सडक किनारमा बिताउनुपर्ने हो । गाउँ छोडेर न्याय खोज्न काठमाडौं आएकी खुस्बु न्याय नभेटिएसम्म घर फर्किने पक्षमा छैनन् । 

उनले दुई कठ्ठा जग्गा बेचेर २०७७ सालमा ९ लाख साँवा र ब्याज बुझाए । ९ लाख ऋणको साँवा ब्याज गरेर उनले १६ लाख रुपैयाँ बुझाए । तर साहुले उनको जमिन फुकुवा गरेन। उल्टै ४२ लाख रुपैयाँ तिर्नुपर्ने हिसाब देखायो ।

उनका श्रीमानले ५ वर्ष अघि नवलपरासीकै जगदीश बनियाँ र सुनील गुप्तासँग ६ लाख ऋण लिएका थिए । खुस्बुले यो ५ वर्षमा साहुलाई २२ लाख रुपैयाँ बुझाइसकिन् । ऋणको भारी सहन नसकेर गत बैशाखमा हृदयघातका कारण उनको श्रीमानको मृत्यु भयो ।  तर उनको घर खेतको लालपुर्जा अझै बनियाँसँग छ । लालपुर्जा फिर्ताका लागि उनले अब २९ लाख रुपैयाँ ठीक पार्नु पर्ने छ । श्रीमानको मृत्युको पिडामाथि साहुले आफ्नो घरमा पनि ताला लगाएर आफ्नो बिचल्ली पारेको उनी बताउँछिन् । “श्रीमान त गुमाए गुमाए घरजग्गा पनि खोसियो । बस्ने ठेगान छैन । पैसा नभएर छोराछोरीले पढाई छोडिसके । श्रीमान् त फिर्ता पाउन सक्दिन तर मलाई अब मेरो श्रीमानको क्षतिपुर्ती र घरजग्गा फिर्ता चाहियो ।”

प्रेमनारायणका छोरा लक्का जवान छन् । बन्धक भएको घर–खेत र साहुले दिएको मानसिक यातनाका कारण उनका छोरा विक्षिप्त छन् । उनी प्रेमनारायणलाई ‘मेरो सबै सम्पत्ति धितो राखेर बेघरको बनाइदिइस्’ भन्दै गाली गरिरहन्छन् ।

यस्तै नवलपरासीकी गीतादेवी चौधरीको गाउँमा १७ कठ्ठा जग्गा छ । त्यहीभित्र बनाएको सानो चिटिक्कको घर । आफ्नै खेतको उब्जनीले जेनतेन वर्ष धान्छ । खुशी साथ जीवन बिताइरहेकी गीतादेवीको जीवन मिटर ब्याजले अँध्यारो बनाएको छ । ५ वर्षयता उनका आँखामा निद्रा परेको छैन । मनमा चैन छैन् । जिन्दगीभर दुःख गरेर जोडेको घर–खेतको पूर्जा फसेपछि गीतादेवी गाउँमै चुप लागेर बस्न सकिनन् । एकसाता अघि बाख्रो बेचेरकाठमाडौं हिँडेकी गीतादेवीले काठमाडौं आइपुग्न पाँचहजार रुपैयाँ खर्च गरिन् । गोजीमा भएको अलिअलि रुपैयाँ सक्किसक्यो। उनीसँगै आन्दोलनरत सबैले खानाका लागि चन्दा संकलन सुरु गरेका छन् । 

साहुले बन्धक बनाएको घर–खेतको लालपुर्जा च्यापेर सडक किनारमा छेउ लागेर एक्लै बस्छन् । माइतीघरमा एकनासले झोक्राएर बसेका प्रेमनारायण मिटरब्याजीको पासोबाट मुक्ति चाहान्छन् ।

न्याय माग्नेहरुको भिडमा भेटिएका ७७ वर्षीय प्रेमनारायण कोइरी राम्रोसँग उभिन सक्दैनन् । नवलपरासी सेरावत ७ बाट न्याय माग्दै काठमाडौं आएका उनको दायाँ खुट्टाले राम्रोसँग भर दिँदैन । एउटा खुट्टाको भरमा हिँडिरहेका प्रेमनारायण चस्माबिना आफू नजिकैको आकृति ठम्याउन सक्दैनन् । आफ्नै जिन्दगीका थुप्रै घटनाक्रम विस्मृत बन्दै गएका छन् उनको चेतनबाट । सबै कुरा भुल्दै जाँदा पनि भुल्नै सक्दैनन् मिटरब्याजी साहुले दिएको मानसिक पीडा । उनले २०७३ सालमा भत्किएको घर बनाउन साहुसँग ९ लाख रुपैयाँ लिएका थिए । घर बनाउन लिएको त्यहि ऋणले प्रेमनारायणलाई बेघर बनाइदियो । गाउँकै वसन्त कोहारले ९ लाख रुपैयाँ ऋण दिएर प्रेमनारायणको जमिन बन्धक राखिदिए । उनले दुई कठ्ठा जग्गा बेचेर २०७७ सालमा ९ लाख साँवा र ब्याज बुझाए । ९ लाख ऋणको साँवा ब्याज गरेर उनले १६ लाख रुपैयाँ बुझाए । तर साहुले उनको जमिन फुकुवा गरेन। उल्टै ४२ लाख रुपैयाँ तिर्नुपर्ने हिसाब देखायो । प्रेमनारायणलाई साहुले ४२ लाख नतिरे १२ कठ्ठा जग्गा र त्यही निर्माण भएको घर खाइदिने धम्की दिँदै आएका छन् ।

उनका बुवाले २०७५ सम्म खेतिपातीबाट कमाएको १२ लाख रुपैयाँसाहुलाई बुझाए । ऋण चुक्ता भएपछि उनले केहि समय विदेशमै बिताए । तर, गाउँ फर्किएपछि पनि घरको आर्थिक अवस्था सुधारिएन । ऋण तिर्दै जाँदा ऋणको भार घट्नुको सट्टा बढ्दै गयो । भएको जग्गा साहुकोमा बन्धक छ ।

तातो घाममा न्याय माग्दै बसेका प्रेमनारायण मलीन स्वरमा भन्छन् ‘९ लाख ऋण लिएको मैले १६ लाख बुझाइसकें। साहु अझै ४२ लाख माग्दै मानसिक पीडा दिइरहेको छ ।’आफूलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले पनि न्याय नदिएको उनको दुखेसो छ । काठमाडौंमा सरकार छ, सरकारले न्याय दिन्छ भनेर सेरावतदेखि बुढो शरीर घिसार्दै आएका प्रेमनारायणलाई मर्ने बेलामा न्याय हेरेर मर्ने मन छ । भन्छन् ‘सासले शरीर कतिबेला छोडेछ ठेगान छैन । कम्तिमा मर्ने बेलामा न्याय पाउँछु कि भनेर काठमाडौं आएको हजुर ।’ उनी काठमाडौंले न्याय दिनेमा आशावादी देखिन्छन् । उनलाई न्याय माग्नै आफ्नै साथीहरुको भीडमा बस्न पनि मन लाग्दैन । साहुले बन्धक बनाएको घर–खेतको लालपुर्जा च्यापेर सडक किनारमा छेउ लागेर एक्लै बस्छन् । माइतीघरमा एकनासले झोक्राएर बसेका प्रेमनारायण मिटरब्याजीको पासोबाट मुक्ति चाहान्छन् ।

प्रेमनारायणका छोरा लक्का जवान छन् । बन्धक भएको घर–खेत र साहुले दिएको मानसिक यातनाका कारण उनका छोरा विक्षिप्त छन् । उनी प्रेमनारायणलाई ‘मेरो सबै सम्पत्ति धितो राखेर बेघरको बनाइदिइस्’ भन्दै गाली गरिरहन्छन् । प्रेमनारायणलाई छोराको गालीले सपनामा पनि तर्साउँछ । भन्छन् ‘उसका लागि भए पनि पुर्जा फिर्ता गर्नु छ ।’ 

नवलपरासीकी गीतादेवी चौधरीको गाउँमा १७ कठ्ठा जग्गा छ । त्यहीभित्र बनाएको सानो चिटिक्कको घर । आफ्नै खेतको उब्जनीले जेनतेन वर्ष धान्छ । खुशी साथ जीवन बिताइरहेकी गीतादेवीको जीवन मिटर ब्याजले अँध्यारो बनाएको छ । ५ वर्षयता उनका आँखामा निद्रा परेको छैन । मनमा चैन छैन् ।

प्रतापपुर –२ नवलपरासीका अन्दाजी ६५ वर्षका पारसनाथ गुप्ताका थुप्रै सपना थिए । परिवार थियो । दुःखजिलो गरेर खाने थोरै खेत, मुस्किलले जीवन चलेको थियो । ७ वर्ष अघि साहुसँग लिएको ३ लाख ५० हजार रुपैयाँले उनको यो मुस्किलको जिविका खोसियो । ओठको हाँसो र परिवारको शान्ति खोसियो । अदालतमा मुद्दा लड्दा पनि साहुबाट पैसा लिएर न्यायधीश बिक्दा आफू अन्यायमा परेको उनको दुखेसो छ । हिजोआज उनी माइतीघर मण्डलामा आफ्नो जीवनका यी यावत कुरा फर्काउन प्रदर्शन गरिरहेका छन् । उनले ७ वर्ष अघि साहुसँग ३ लाख ५० हजार ऋण लिए । साहुले ७ लाखको कागज बनाए । उनले साहुलाई ८ लाख बुझाए । अझै उनको ऋण चुक्ता भएको छैन । उनको ८ कठ्ठा जग्गा फिर्ता गर्न साहुले अझैं ८० लाख माग गरेका छन् । बेलाबेला साहुले पुलिस लाएर पिट्ने धम्की पनि दिदै आएका छन् । 

आफ्नो जग्गाको लालपुर्जा फिर्ता पाउने आशमा आन्दोलन गरिरहेकाहरुको पंक्तिमा भेटिन्छन् ३५ वर्षका जसपाल कोइरी । उनी घरको आर्थिक अवस्था मजबुत बनाउने सपना बोकेर विदेश उडे । २०७१सालमा विदेश उड्नु अघि उनले साहुसँग ४ लाख ऋण लिएका थिए । उनका बुवाले २०७५ सम्म खेतिपातीबाट कमाएको १२ लाख रुपैयाँसाहुलाई बुझाए । ऋण चुक्ता भएपछि उनले केहि समय विदेशमै बिताए । तर, गाउँ फर्किएपछि पनि घरको आर्थिक अवस्था सुधारिएन । ऋण तिर्दै जाँदा ऋणको भार घट्नुको सट्टा बढ्दै गयो । भएको जग्गा साहुकोमा बन्धक छ । उनलाई ऋणबाट मुक्ति चाहिएको छ,बन्धक भएको जग्गा फुकुवा गर्नुछ । भन्छन् ‘मसँग केही बाँकी छैन। कमाएको सबै पैसा साहुलाई बुझाए । जग्गा बेचे, भएको जग्गा साहुको बन्धक छ । आफूमाथि भएको अन्याय सहन नसकेर काठमाडौं आएको हुँ ।’

उनले माइतीघर मण्डलाको सडक किनारमा तातो घामको राप सहँदै बस्न थालेको दुई हप्ता भयो । उनलाई थाहा छैन अझै कति दिन यही सडक किनारमा बिताउनुपर्ने हो । गाउँ छोडेर न्याय खोज्न काठमाडौं आएकी खुस्बु न्याय नभेटिएसम्म घर फर्किने पक्षमा छैनन् । 

उनीहरु सबैको जग्गा साहुकोमा बन्धक छ । आफ्नो बन्धक जग्गा फुकुवा हुने आशमा आन्दोलनमा सरिक भएकाछन् उनीहरु । न्याय खोज्दै सुस्ता, बर्दघाट, सेरावत तथा प्रतापपुरका उनीहरु झण्डै ८० जनाको टोली किर्तीपुरमा पाल टाँगेर बसेका छन् । पाल मुनी एकैपटक सबैजनाले निदाउने वातावरण छैन । यथार्थ सबै एकैपटक सुत्न ठाउँ पुग्दैन । उनीहरु पालो गरेर सुत्छन् । कतिका आँखा रातभरि निदाउन सक्दैनन् । बर्खे झरीले हिलाम्मे जमिनमा पाल टाँगेर बसेका उनीहरुलाई पालले राम्रोसँग ओत दिन सकेको छैन किर्तीपुरमा टाँगिएको पालमुनि बसिरहेका उनीहरु हरेक बिहान सरकारको खोजी गर्दै माइतीघरमा प्रदर्शन गर्छन् । 

नवलपरासी सेरावत ७ बाट न्याय माग्दै काठमाडौं आएका उनको दायाँ खुट्टाले राम्रोसँग भर दिँदैन । एउटा खुट्टाको भरमा हिँडिरहेका प्रेमनारायण चस्माबिना आफू नजिकैको आकृति ठम्याउन सक्दैनन् । आफ्नै जिन्दगीका थुप्रै घटनाक्रम विस्मृत बन्दै गएका छन् उनको चेतनबाट ।

गाउँबाट बोकेर आएको सामल सक्किसक्यो । बोकेर आएको पैसा निख्रिँदै गयो । धर्नामा बसेका मध्ये धेरैजना यसअघि पनि धर्ना बसेर फर्किएका किसान हुन् । गृह मन्त्रालयका प्रतिनिधिले उनीहरूसँग सम्झौता गरेर गाउँ फर्काएका थिए । तर उनीहरुका दुःखका दिन सकिएनन् । साहुको ऋणबाट छुटकारा मिलेन। त्यसपछि उनीहरु पुनः धर्ना बस्न काठमाडौं आए ।

Skip This
Logo