वरिष्ठ नेता पौडेलले तनहुँ–१ बाटै चुनाव लड्ने

वरिष्ठ नेता पौडेलले तनहुँ–१ बाटै चुनाव लड्ने


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् ।

गृहजिल्ला तनहुँको दमौली पुगेका पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन् । 

पौडेलले फरक प्रसङ्गमा पृथ्वीराजमार्ग विस्तारका क्रममा व्यास–१२ घाँसीकुवामा रहेको घाँसीकुवा पार्क र कुवालाई संरक्षण गर्नका लागि पहल गरेको बताए।

राजमार्ग विस्तारका क्रममा घाँसीकुवा पार्क र कुवा मासिने भएपछि स्थानीयवासीले यसको संरक्षणका लागि पहल गरिदिन आफूलाई आग्रह गरेको भन्दै उनले सम्बन्धित निकायमा यस विषयमा कुरा भइसकेको उल्लेख गरे । 

Logo