आजपनि विभिन्न स्थानमा वर्षाको सम्भावना

आजपनि विभिन्न स्थानमा वर्षाको सम्भावना


देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। 

देशका विभिन्न स्थानमा शनिबार पनि वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले प्रदेश–१ र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक्दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने विभागको अनुमान छ। वर्षाको सम्भावना रहेका पहाडी स्थानमा पहिरो जानसक्ने भएकाले सचेत रहन पनि विभागले आग्रह गरेको छ।

Logo