दुधका कारण अबको १० वर्षमा ४० प्रतिशतमा क्यान्सरको खतरा

एजेन्सी । नक्कली दुध बनाउन प्रयोग गरिने केमिकल तथा अन्य खतरानाक रसायनका कारण क्यान्सर तथा ट्यूमर जस्ता खतरानाक बिरामीको संख्या बढिरहेको छ ।

मिलावट गरिएको दुधको सेवनले क्यान्सर र ट्यूमरको खतरा बढ्दै गएको क्यान्सर रोग विशेषज्ञ डा. अर्पण चतुरमोहताको भनाई छ । उनका अनुसार नक्कली दुधमा प्रयोग गरिने केमिकल तथा रसायनका कारण मानिसहरु क्यान्सर तथा ट्युमर जस्ता प्राणघातक रोगको शिकार भइरहेका छन् ।

सिन्थेटिक अर्थात पाउडर दुध यूरिया, डिटरजेन्ट, कास्टिक सोडा तथा कैयौं खतरानाक केमिकल मिलाएर बनाइन्छ । जसको सेवनका कारण दिन प्रतिदिन क्यान्सर तथा ट्यूमर जस्ता प्राण घातक रोगका विरामी बढ्दै गएका हुन् ।

डाक्टर चतुरमोहताले सिन्थेटिकी दुधको बढ्दै गएको प्रयोगले सन् २०३० सम्ममा करिब ४० प्रतिशत मानिस क्यान्सर तथा ट्यूमरको सिकार बन्ने चेतावनी दिए ।

मिलावटी दुधका कारण पेटको क्यान्सर, ब्रेष्ट क्यान्सर जस्ता विरामी तीब्र गतिमा बढ्दै गएका छन् । मिलावट गरिएको तथा त्यसबाट बन्ने अन्य उत्पादनका कारण यस्तो खतरा रहेको चिकित्सकहरुको भनाई छ ।

दुधका कारण अबको १० वर्षमा ४० प्रतिशतमा क्यान्सरको खतरा