‘अस्थायी बिरामी’ प्रधानमन्त्रीले सुनाएका रोचक कथाहरू (भिडियो)

काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक सोचका धनी हुन् । शब्द चयन, विषय, प्रसंग र समय सापेक्ष उखान टुक्का मिलाएर भाषणा दिन सक्ने व्यक्तिका रुपमा पनि उहाँ परिचित हुनुहुन्छ ।

यसका अलावा कार्यक्रममा ढिला आउने र लामो भाषण गर्ने कला पनि उहाँ संग छ । सनिबार यस्तै भयो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा वहिरंग सेवा संञ्चालन गरिने नया भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो नभएको जानकारी गराईए पनि उहाँले झण्डै ४५ मिनेट भाषण गर्नुभयो ।

उहाँको भाषणमा गंगालाल अस्पतालको स्थापना देखि पौराणिक, ऐतिहासिक महत्व राख्ने धेरै कथाका विषयवस्तुहरु जोडिए सिलसिलावद्ध रुपमा ।

‘अस्थायी बिरामी’ प्रधानमन्त्रीले सुनाएका रोचक कथाहरू (भिडियो)