माओवादी केन्द्रले टुंगो लगायो २१ सदस्यीय पदाधिकारीः महासचिवमा देव गुरुङ

माओवादी केन्द्रले टुंगो लगायो २१ सदस्यीय पदाधिकारीः महासचिवमा देव गुरुङ


नेकपा (  माओवादी केन्द्र)ले शनिबार स्थायी समितीको बैठकबाट २१ जना पदाधिकारी टुंग्याएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जनाको पदाधिकारी राख्ने गरेको प्रस्तावलाई अनुमोदन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

पार्टीको महासचिब देबप्रसाद गुरुङ, उपमहासचिव वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र मात्रिका यादव रहेका छन् । त्यस्तै, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की रहेका छन् । अब पार्टीमा एक अध्यक्ष एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, ७ उपमहासचिव, ९ सचिव र एक कोषाध्यक्ष रहेका छन् ।

पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई अघि बढाएका छन्। प्रचण्डले आकांक्षी धेरै भएपछि पार्टी पदाधिकारी २१ जनाको बनाएका छन् । गत पुसमा भएको महाधिवेशनले भने १५ जना पदाधिकारी रहने निर्णय गरेको थियो ।

यस्तो बन्यो पदाधिकारी :

अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’

वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ

उपाध्यक्ष : कृष्णबहादुर महरा

महासचिव : देव गुरुङ

उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र मात्रिका यादव,

सचिव: दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की

कोषाध्यक्ष : श्रीराम ढकाल

 

Logo