नारी शक्ति उठेर सबैखाले गठबन्धनलाई परास्त गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड 

नारी शक्ति उठेर सबैखाले गठबन्धनलाई परास्त गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड 


पूर्व प्रधानमन्त्री तथा  नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले झापा  जिल्ला एमालेका लागि सधैं मक्का मदिना भएको  बताएका छन् । अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको शनिबार उदघाटन गर्दै अध्यक्ष ओलीले झापाले देश निर्माणको लागि र राजनैतिक चेतका लागि भूमिका खेलिरहेको पनि बताए । एमालेको उदगमस्थल झापा भएको भन्दै झापा सहिद भूमि र चेतनाको भूमि समेत भएको उनको दाबी थियो । आगामी निर्वाचनमा महिलालाई झापा विद्रोहको जिल्ला भएको पार्टीको सन्देश लिएर मतदाताको घरमा जान अनुरोध गरे । 

नारी शक्ति उठेर सबैखाले गठबन्धनलाई परास्त गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिए  । महिला दिदीबहिनी बिचारमा स्पष्ट हुने भन्दै एमाले मात्र स्पष्ट दृष्टिकोण बोकेको पार्टी भएको जिकिर गरे । निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही असर गर्न नसक्ने अध्यक्ष ओलीको भनाइ छ । एमालेलाई  जोगाएर अहिलेको अवस्थासम्म पुर्‍याउनमा युवा र महिलाको भुमिका रहेको उनले बताए ।

Logo