टी २० विश्वकप : सिंगापुरद्वारा नेपाललाई १९२ रनको लक्ष्य

काठमाडौं,
आईसीसी टी २० विश्वकपको एसिया छनोटको फाइनलमा अहिले नेपाल र सिंगापुरबीच खेल चलिरहेको छ ।

आजको खेलमा सिंगापुरले टस जितेर ब्याटिङ शुरु गरेको थियो । शुरुदेखि नै निकै राम्रो खेलेको सिंगापुरले नेपाललाई १९२ रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरको खेलमा सिंगापुरले ६ विकेटको क्षतिमा १९१ रन बनाएको थियो । आजको खेल जित्न सके नेपाल ग्लोबल क्वालिफायर्समा पुग्नेछ ।