जापोरिजा परमाणु केन्द्र अनुगमनका लागि रुसले अनुमति दिने

जापोरिजा परमाणु केन्द्र अनुगमनका लागि रुसले अनुमति दिने


रुसले  जापोरिजा परमाणु केन्द्रमा अनुगमनका लागि अनुमति दिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापोरिजा परमाणु केन्द्रलाई अनुमति दिने बताएका हुन् ।

फ्रान्सका राष्ट्रपति एमानुअल म्याक्रोँबीच भएको टेलिफोन वार्तापछि रुसी प्रशासन क्रेमलिनले यस्तो घोषणा गरेको हो । मार्च महिनाको सुरुदेखि  परमाणु केन्द्र रुसी नियन्त्रणमा छ । यद्यपी, युक्रेनी प्राविधिकले त्यहाँ रुसीहरूको निर्देशनमा काम गरिरहेका छन् । युरोपकै ठूलो बताइएको उक्त प्लान्टलाई निरीक्षण गर्न राष्ट्रसंघले माग गरेको थियो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त प्लान्टको अवस्थाबारे आफू चिन्तित रहेको जनाएका थिए । उनले जापोरिजा वरपर सैन्य गतिविधि अन्त्य गर्न आग्रह गर्दै अनुगमनकर्तालाई प्रवेश दिन मस्कोसँग आग्रह गरेका थिए । म्याक्रोँसँगको छलफलपछि उक्त केन्द्रमा पहुँचका लागि राष्ट्रसंघीय अनुगमनकर्तालाई ‘आवश्यक सहयोग गर्न’ पुटिन सहमत भएको जनाएको छ । राष्ट्रसंघीय  परमाणु निगरानीकर्ता निकाय आईएईएका महानिर्देशकले रुसी निर्णयको स्वागत गरेका छन् ।

एजेन्सी

Logo