राहत माग्दै बाढीपीडितहरुद्वारा नगरपालिका घेराउ

रौतहटका बाढीपीडितहरुले राहत माग गर्दै नगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

असारको अन्तिम सातामा आएको बाढीले घर भत्किएको र घरभित्र भएका अन्नपात सबै नष्ट हुँदा पनि जनप्रतिनिधिले आफूहरुको पीडा नबुझेको भन्दै स्थानीयले शुक्रबार राजदेवि नगरपालिकाको कार्यालय घेराउ गरेका हुन ।

सयौंको संख्यामा आएका पीडितहरुले चर्को नाराबाजी गर्दै नगरपालिका कार्यालय घेराउ गरेका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटबाट आएको राहत पनि अहिलेसम्म बितरण नगर्दा बाढीपीडितहरु थप आक्रोशित बनेका छन् ।

जिल्ला प्रसासनले नगरप्रमुखकोे नेतृत्वमा गएका जनप्रतिनिधिको टोलिलाई ५ सय पोका राहत दिएको भन्ने सुनेको भएपनि त्यो राहत कहा“ गयो भन्ने कुरा कसैलाई थाहा नभएको उनीहरुको आरोप छ ।