झलनाथ खनाल र विष्णु पौडेलको जम्काभेट

झलनाथ खनाल र विष्णु पौडेलको जम्काभेट


नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष विष्णु पौडेलको जम्काभेट भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा खनाल र पौडेलबीच  जम्काभेट भएको हो। 

दुई नेताहरूको बीचमा पार्टी एकताको  आवश्यकता बोधको भाव व्यक्त देखिएको नेकपा एसका केन्द्रीय सदस्य डाक्टर बालकृष्ण चापागाईँले बताए। 

भेटको क्रममा खनालले पौडेललाई पार्टी एकतको पहल गर्न आग्रह गरेको समेत बताए। माधव नेपाल र झलनाथ खनाललगायतका शीर्ष नेताहरूले गत भदौमा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी गठन गरेको थिए। अहिले उनीहरू एमाले विरुद्धको सत्ता गठबन्धनमा सामेल छन्। 

नेता खनाल एमालेसँग तालमेलको पक्षमा केही समयअघि खुलेर लागेपछि बोली फेरिएको छ। उनले गठबन्धनबाटै इलामको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन्। 

Logo