आइएमई पे र दराजको ‘दराज वालेट डे’ अफर

आइएमई पे र दराजको ‘दराज वालेट डे’ अफर


आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को लागि सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने व्यवस्था मिलाइएको छ । प्रयोगकर्तालाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट ( ३५० रुपैयाँ ) सम्मको पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ ।

यसअघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छुटसम्बन्धी अफरहरु र यसै ‘दराज वालेट डे’ को पहिलो संस्करण पनि छ । दराज नेपाल र आइएमई पेबीच फागुन १३ गते आइएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।

Logo