मानिसले मात्र नभई यी जनावरले पनि प्रयोग गर्छन यौन खेलौना !!

मानिसले मात्र नभई यी जनावरले पनि प्रयोग गर्छन यौन खेलौना !!


यौन खेलौनाको धेरै आजको आधुनिक समयमा धेरै चर्चा नभए पनि मानिसदेखि जनावरसम्म यसको प्रयोग गर्ने गरेको छन् । 

जनावरले पनि यौन खेलौनाको प्रयोग गर्छन भन्दा तपाईलाई आश्चर्य लाग्यो होला । यस्तो दृश्य हालै इन्डोनेसियाको राजधानी बालीमा पाइने क्र्याब खाने मकाक(लामो पुच्छर हुने बादर)ले यौन आनन्दका लागि यौन खेलौना प्रयोग गरिरहेको देखियो ।

मानिस र बादरको यौन खेलौना प्रयोगमा फरक यति देखियो कि ती बादरहरुको यौन खेलौना रबर वा अन्य कुनै नरम वस्तुबाट बनेको नभई ढुङ्गाले बनेको थियो । 
सन् २०१६ देखि २०१९ सम्म, वैज्ञानिकहरूले मकाकहरूको समूहलाई तिनीहरूले कसरी ढुङ्गालाई यौन खेलौनाका रूपमा प्रयोग गर्छन् भनेर निरीक्षण गरेका थिए । 

यस समयमा अनपेक्षित रूपमा, अन्वेषकहरूले यो पत्ता लगाए कि बाँदरहरूले ढुङ्गालाई औजारको रूपमा मात्र नभई यौन खेलौनाको रूपमा पनि प्रयोग गर्ने गरेका रहेछन् । 

अनुसन्धानका क्रममा विभिन्न उमेर समूहका भाले र पोथी बाँदरले आफनो यौन चाहनालाई सन्तुष्ट पार्न ढुङ्गाको प्रयोग गर्ने गरेको पाइएको थियो । भाले बादर र पोथी बादरकाबीच यौन  सन्तुष्टि लिने विषयमा भिन्नता भने प्रष्ट देखिएको थियो । 
 
पोथी बाँदरहरू ढुङ्गा उठाउन बढी फुर्तिला हुन्छन्, जबकि जवान भाले बादरहरु भने एउटै ढुङ्गालाई धेरै पटक प्रयोग गर्छन् । 

अध्ययनका अनुसार यो अनौठो व्यवहार जनावरहरूको निश्चित समूहमा मात्रै देखियो । नयाँ अध्ययन २०२० मा फिजियोलोजी र विहेभियर जर्नलमा प्रकाशित अघिल्लो काममा आधारित छ । 

अन्वेषकहरूले यसअघि नै भाले बाँदरहरूले यौन खेलौना प्रयोग गरेको रिपोर्ट प्रकाशित गरेका थिए । तर, अब बैज्ञानिकहरुले पोथी बाँदरहरु पनि आफ्नो यौन चाहना पुरा गर्न भाले बादर जस्तै यौन खेलौना प्रयोग गर्छन भन्ने निस्कर्षका साथ यो नयाँ सोध प्रकाशित गरेका हुन ।

यसले के देखाएको छ भने भाले र पोथी बाँदरले ढुङ्गाबाट बनेको यौन खेलौनालाई आफ्नो यौन चाहना पुरा गर्न समान रूपमा प्रयोग गर्ने गरेका छन ।
क्र्याब इट्ङि मकाक (कस्ता प्रकारका बादर हुन) ? बारे जान्नुहोस्
क्र्याब इट्ङि मकाकलाई लामो पुच्छर भएको बादर पनि भनिन्छ । यी समुहका बादरलाई वैज्ञानिकहरू साइनोमोलगस बाँदर भन्छन् । 

यो प्रजातिका बादरहरु मुख्यतया दक्षिणपूर्वी एशियामा पाइन्छ । क्र्याब इट्ङि मकाकको मानवसँग लामो इतिहास छ । इन्डोनेसियामा यिनीहरूलाई पवित्र जनावरका रुपमा पुजिने गरिन्छ । यी प्रजातीका बादरहरुले किसानलाई खेतमा कीरा खाएर फाइदा पुर्याउछन् । यी बाँदरहरूलाई वैज्ञानिक अनुसन्धानका लागि पनि प्रयोग गरिन्छ ।

Logo