आइएमई मोटर्सले ल्यायो ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’

आइएमई मोटर्सले ल्यायो ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’


 आइएमई मोटर्सले ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नामक अफर ल्याएको छ । 

अशोक लेल्यान्ड दोस्त पिकअप बिक्रीवितरण गर्दै दसैं तिहार जस्ता चाडपर्व नजिकिएसँगै नेपाली बजारमा अब सवारी साधन बिक्रेताहरुले अफर ल्याउने क्रमको प्रारम्भ भएको छ ।

दोस्त पिकअप खरिद गर्दा एक जोडीका लागि थाइल्यान्ड टुर वा ल्यापटप वा १० ग्राम सुनका साथमा स्मार्टफोन उपहार पाउन सकिने छ ।

अशोक लेल्यान्ड दोस्त खरिद गर्दा पहिले देखि ७० प्रतिशत सम्मको फाइनान्स सुविधा उपलब्ध भइरहेको छ । ग्राहकले ३० प्रतिशत मात्र नगद बुझाएर अरु किस्ताको रुपमा लिन सक्ने छन् ।

नेपाली बजारमा अशोक लेल्यान्डका दोस्त एफएसडी, दोस्त स्ट्रोङ एफएसडी, दोस्त एचएसडी, दोस्त कन्टेनर र दोस्त रेफ्रिजेरेटर लगायतका विभिन्न मोडलका पिकअप बिक्रीका लागि उपलब्ध छन् ।

Logo