संसदका दुवै सदनबाट प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित

संसदका दुवै सदनबाट प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित


संसदका दुवै सदनबाट सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित भएको छ  ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले राखेको गिरिको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो । 
 त्यस्तै सोमबारै बसेको राष्ट्रिय सभा बैठकले पनि संसद  गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राखेको गिरिको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो ।

२०५१ को संसदीय चुनावमा सिरहा–५ बाट निर्वाचित भएका गिरि २०६२÷०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरिको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बिहान  १० बजे बस्ने गरि स्थगित भएको छ । त्यस्तै राष्ट्रिय सभाको अर्को बैठक १२ भदौ आइतबार बोलाइएको छ । 

Logo