जसले आफ्नै बुबाको हत्या गरे

कैलालीको गोदावरी नगरपालिका-५ र्बबाटाका ३० वर्षीय राम सिंह कुमालले आफ्नै बुबाको हत्या गरेका छन्।

आइतबार राति घरायसी विवादका क्रममा ६० वर्षीय बुबा अम्बरलाई चिर्पटले हानेर हत्या गरेका हुन् । चिर्पट प्रहारबाट गम्भीर घाइते अम्मरको उपचारका क्रममा मृत्यु सेती अञ्चल अस्पतालमा मुत्यु भएको हो।

हत्या गरी फरार रहेका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।