बैंक अफ काठमान्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बैंक अफ काठमान्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


बैंक अफ काठमान्डको ऋणपत्रमा आवेदन दिने मंगलबार अन्तिम दिन छ । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

बैंकले २ भदौबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ४ लाख ४० हजार युनिटमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस ऋणपत्रमा वार्षिक १०।५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।  

बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

Logo