प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एकद्वारा गण्डकीलाई १०३ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एकद्वारा गण्डकीलाई १०३ रनको लक्ष्य


काठमाडौँ ।

चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा आज भइरहेको खेलमा प्रदेश नं १ ले गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १०२ रन मात्र बनायो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले २४, मिनास थापाले २२, शुभाङ्कर उरावले १२, दीपक पासवानले ११ तथा दिपेश कँडेलले १० रन बनाए ।

बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवाश भण्डारी र विशाल पौडेलले चार/चार तथा विपीन खत्रीले दुई विकेट लिए । यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा अहिले समूह ‘बी’अन्तर्गत वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच अर्को खेल भइरहेको छ ।

Logo