राष्ट्रिय महिला फुटबल : आज वालिङ र चन्द्रपुर खेल्दै

राष्ट्रिय महिला फुटबल : आज वालिङ र चन्द्रपुर खेल्दै


काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे सुरू हुनेछ ।

वालिङ र चन्द्रपुर दुवै टोली दोस्रो जितको खोजीमा छन् । विदेशी खेलाडीको साथ पाएको वालिङ जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । उसको पाँच खेलमा पाँच अंक छ ।

५ खेलमा ३ अंक जोडेर छैटौँ स्थानमा रहेको चन्द्रपुर पनि आजको खेल जित्दै अंक तालिका सुधारको लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

Logo