नेपालमा आज १४२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज १४२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ जना पुगेको छ । आज १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ३३५ रहेको छ ।

पछिल्लो २४ घण्टामा २०६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ३१ पुगेको छ।

नेपालमा हालसम्म २० लाख ८१ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ५९७ जनाको परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा आज ५५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख १ हजार ६१३, भक्तपुरमा ९ हजार २२८ र ललितपुरका १६ हजार ४८ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २६ हजार ८८९ जना पुगेको छ ।

Logo