प्रधानमन्त्री ओलीलाई कोरोनाविरुद्दको खोप हस्तान्तरण

प्रधानमन्त्री ओलीलाई कोरोनाविरुद्दको खोप हस्तान्तरण


काठमाडौँ ।

नेपालका लागि भारतीय राजदुत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरेका छन् ।

बिहिबार बालुवाटारमा आयोजित खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताए । उनले नेपालले आवश्यक खोपहरु खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरु भए मान्न तयार रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोपहरुपनि उपलब्ध गराउने विश्वास समेत व्यक्त गरे । उनले भारतले नेपाललाई कोरोनाविरुद्दको खोप सहयोग गर्नु मित्रताको प्रतिकको रुपमा रहेको उल्लेख गर्दै यसले दुईदेश विचको एकतालाई देखाएको स्पष्ट पारे । सो अवसरमा भारतीय राजदूत कोत्राले भारत सरकारको सहयोग निरन्तर हुने बताए । भारतले ‘छिमेक पहिलो’ नीतिलाई प्राथमिकता दिएको बताए ।

Logo