काठमाडौं उपत्यकामा आज ६५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज ६५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ६५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख १ हजार ५६९, भक्तपुरमा ९ हजार २२५ र ललितपुरका १६ हजार ४० संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २६ हजार ८३४ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ जना पुगेको छ । आज १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४०० रहेको छ ।

पछिल्लो २४ घण्टामा २५९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ३० पुगेको छ।

नेपालमा हालसम्म २० लाख ७८ हजार ९८ जनाको पीसीआर परीक्षण गरिएको छ । आज २ हजार ९४६ जनाको परीक्षण गरिएको छ।

Skip This
Logo